चारपाने, मंसिर १ । झापाको बिर्तामोडमा संचलनमा रहेको सुजुकी गाडी बिक्रेता कपुरी ब्रदर्शले आईतबार नयाँ गाडी सार्वजनिक गरेको छ ।
नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभ एसप्रेसो कार सर्वजनिक गरेको हो । १० वटा भन्दा बढी सुरक्षा व्यवस्था रहेको एसप्रेसो अब बिर्तामोडमा उपलब्ध भएपछी नयाँ मोडलको गाडी चडने योजना बनाएकाहरुको सपना पुरा हुनेभएको छ ।
सुरक्षा, प्रविधी, दमदार एक्सटेरियर, युनिक र युथफुल इन्टेरियर, रोमाञ्चक यात्राको लागि नयाँ टेक्नोलोजी, बेजोड सेफ्टी फिचर लगायतका सुविधा युक्त गाडी रहेको कपुरी ब्रदर्शका संचालक एवं कार्यक्रमका सभापति किरण कपुरीले बताएका छन ।
औपचारिक कार्यक्रम मार्फत बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उक्त गाडीलाई सार्वजनिक गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकास शिवाकोटी, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक नारायण आचार्य, मारुती सुजुकी पूर्वाञ्चल डिलरका उज्जवल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।