Aamsanchar

घुस लिएको अभियोगमा बडाध्यक्ष पक्राउ

Author Image
मङ्गलवार, मंसिर ३, २०७६

कानेपोखरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । हरिलाल सर्वरियाको घरदेखि बाँध सम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयन लगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेको अभियोग छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई आज पक्राउ गरिएको हो । आरोपी साह माथी अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर