Aamsanchar

शुन्दर रामसार माईपोखरी जाने कुरुप बाटो बन्ने भयो

Author Image
शनिवार, मंसिर ७, २०७६

इलाम । इलामको मुख्य पर्यटकिय गन्तव्य मध्येको माइपोखरीलाई लक्षित गरेर सडकको स्तरोन्नती हुने भएको छ । इलामको बिब्ल्याँटे बजार, धारापानी, जसबीरे हुँदै माइपोखरीसम्म पुग्ने करिब १३ किलोमिटरको दूरीको सडकमध्ये तीन किलोमिटर कालोपत्रे हुने सडक डिभिजन कार्यलय इलामले जनाएको छ । उक्त सडक हाल धारापानीसम्म कालोपत्रे भएको छ ।

किस्ताबन्दीमा कालोपत्रे हुँदै आएको सडक यसपाली धारापानीबाट जसबीरे हुँदै करिब चाँपगैरीसम्म पुग्नेछ । अर्को बर्षको योजनामा बाँकी रहेको सडक कालोपत्रे गरिने सडक डिभिजन इलामका सूचना अधिकारी ध्रुबकुमार झाले बताएका छन ।

माइपोखरी इलामकै आकर्षक गन्तव्य एवं धार्मिक तीर्थाटनका लागि कहलिएको ठाउँ हो । जैविक विविधताको हिसाबले समृद्ध र संवेदनशिल मानिएको माइपोखरीलाई २०६५ सालमा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
माइपोखरी इलामकै प्रमूख पर्यटकिय गन्तव्य भएर पनि यातायातको सहज पहुँचको अभावमा यहाँ पुग्ने पर्यटकको संख्या न्युन हुनेगर्छ । दशकौंअघि बनेको सडक भएपनि राजनीतिक खिचातानीको कारण त्यसको स्तरोन्नती हुन नसकेको पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले बताउँछन् ।

माइपोखरीलाई प्रवेशद्वार बनाएर इलामकै सबैभन्दा अग्ला टोड्के झरना, पर्यटकिय गन्तव्य सन्तपुर, छिन्टापुसम्मको यात्रा गर्न सकिन्छ । सन्तकपुर अन्नपूर्ण पदमार्गका लागि पनि कहलिएको ठाउँ हो । उदेगलाग्दो त के भने नेपालका पर्यटकसमेत भारततर्फको बाटो हुँदै सन्तपुर पुग्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर