Aamsanchar

पृथ्वी साकोसको साधारणसभा सम्पन्न

Author Image
आइतवार, मंसिर ८, २०७६

सुरुंगा, मंसिर ८ । कनकाइ नगरपालिका ३ स्थित पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं बार्सिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले आ ब ०७५ र ०७६ मा रु ४२४८५४५ आम्दानी गरेको छ ।

रास्ट्रिय सहकारी बैंकका केन्द्रिय लेखा सुपरिवेक्षण समितिका सम्योजक श्री लक्ष्मि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सप्पन्न साधारणसभामा संस्थाका अध्यक्ष श्री कुमार मणि पोखरेलले संचालक समितिको तर्फबाट बार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

उपाध्यक्ष श्री एल पि उप्रेतीले स्वागत गर्नु भएको कार्यक्रममा कनकाइ सामुदायिक बन का अध्यक्ष श्री ख्याम ओलि सुरुङ्गा कन्काइ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री लक्ष्मी पाठक शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री बालकृष्ण चेमजोङ्ग संस्थाका सल्लाहकार टीका प्रसाद कट्टेल आशा शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सन्चालन सचीव शिव कुमार कडेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर