Aamsanchar

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, भेन्टिलेटरमा उपचार हुदै

Author Image
मङ्गलवार, मंसिर १०, २०७६

फायल फोटो

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ ।

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो ।

अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहेका प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको र उनको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर