Aamsanchar

घरमा कस्तो धार्मिक चित्र प्रयोग गर्नु भएकोछ ? वास्तु सास्त्रले शुभ र अशुभ मानेको छ

Author Image
बुधवार, मंसिर ११, २०७६

वास्तुशास्त्रमा धार्मिक चित्रको अत्यन्त महत्त्व हुन्छ। घरमा विभिन्न स्थानमा प्रयोग गरिने धार्मिक चित्रसम्बन्धी वास्तु सिद्धान्त छन् । यसबारेमा ज्योतिष डा। उत्तम उपाध्याय न्यौपानेका अनुसार निम्न कुरा ख्याल गर्नुपर्दछ ।

> घरमा सौम्य एवं मनमोहक प्रकारको चित्र लगाउनुपर्छ।

> सुँगुर, स्याल, सर्प, गिद्ध, उल्लु, परेवा, काग, बाज आदि पशु-पक्षीको चित्र राख्नु हुँदैन।

> घरको भित्तामा टाँसेका धार्मिक चित्रहरू सबै एकअर्काको सम्मुख हुनु हुँदैन।

> बच्चाको पढ्ने कोठामा सरस्वती, प्रेरणादायक महापुरुष एवं गुरुजनका चित्र राख्नुपर्छ।

> आजभोलि बच्चाको कोठामा विभिन्न व्यक्तित्वका फोटोले हाम्रा महापुरुषको जस्तै राम्रो काम गर्नको लागि बच्चाहरूलाई प्रेरित गर्न सक्दैन। स्वर्गवासी पूर्वजको चित्रलाई दक्षिण(पश्चिममा राख्नुपर्छ।

> घर स्वामीले आफ्नो अध्ययनको मेचको ईशान कोणमा आफ्ना आराध्य देवदेवीका अत्यन्त आकर्षक चित्र राख्नुपर्छ।

> घरको मुख्य द्वारमा धार्मिक अथवा माङ्गलिक चित्र – ॐ, गणेश, मङ्गल कलश, स्वस्तिक आदि मध्ये कुनै राखेको हुनुपर्छ। यसो गर्नाले भूत(प्रेत, नराम्रो दृष्टि आदिले भवनमा प्रवेश गर्न पाउँदैन।

> घरमा रामायण, महाभारत, अथवा कुनै पनि प्रकारको युद्धको चित्र, इन्द्रजालादि चित्र, ढुङ्गा अथवा काठले बनेको राक्षसको जस्तो मूर्ति तथा रुँदै गरेको मानिसको मूर्ति अथवा चित्र राख्नुलाई अशुभ मानिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर