Aamsanchar

सरकारका सामू झुके निजी मेडिकल कलेजका सञ्चालक

Author Image
बुधवार, मंसिर ११, २०७६


काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेजका सञ्चालकहरु बढी रकम फिर्ता गर्न तयार भएका छन् । गएराति अबेर सरकारसँग भएको दुई बुँदे सहमति अनुसार निजी मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न तयार भएका हुन् । अब निजी मेडिकल कलेज सञ्चालकहरूले शुल्क फिर्ता वा समायोजना गर्नुपर्ने छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूले प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी दोस्रो निर्णयमा निर्धारित शुल्कभन्दा बढी रकम लिएका कलेजहरूले बुधबारदेखि नै शुल्क फिर्ता वा समायोजन थाल्न प्रतिवद्धता जनाएका हुन् । विद्यार्थी र अभिभावकसँग जबरजस्ती लिइएको बढी रकम फिर्ता नगरे बुधबारबाट ठगीमा पक्राउ गर्ने तयारी सरकारले गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरु रकम फिर्ता तयार भएका हुन् । यसअघि पटक पटक शिक्षामन्त्रालयमा छलफल भएपनि सहमति जुट्न सकेको थिए । निजी मेडिकल कलेजका सञ्चालकहरुले बढी असुलेको रकम फिर्ता गर्न नमानेपछि शिक्षा तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई ठगी आरोपमा निजी मेडिकल कलेज सञ्चालकहरुलाई पक्रन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)