
पश्चिमबाट पूर्वतर्फ सिमेन्ट लिएर गएको ट्रकले मोरङको बेलबारी नगरपालिका–२ मा ठक्कर दिँदा एक वृद्धको बिहीबार बिहान मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

तेह्रथुमको बसन्तपुर घर भएका लिम्बूलाई पैदल हिँडिरहेका बेला ट्रकले ठक्कर दिएर घाइते बनाएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान साढे ९ बजे मृत्यु भएको जानकारी डीएसपी खिँउजुले दिए । ट्रक र चालक बाराको निजगढ –९ का ३२ वर्षीय रमेश बड्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Views: 117

