काठमाडौं । चालु आर्थिक वर्ष २०७६र७७ को चौथो महिना (साउन–कात्तिक) मा पनि आयात घटेको छ । वैदेशिक व्यापारको असन्तुलनबाट आक्रान्त अर्थतन्त्रका यो सुखद संकेत हो ।
भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५र७६ को भन्दा ६।९२ प्रतिशतले आयात घटेको छ । अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवको कात्तिकसम्म यो घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
आयातको वृद्धिदर मात्र नभई कूल आयात नै घटेका कारण सरकारी अधिकारीहरु उत्साहित बनेका छन् । यही प्रवृत्ति वर्षभर कायम रहे वैदेशिक व्यापारको खाडल घटाउन सकिने उनीहरुको अपेक्षा छ ।
चार महिनाको अवधिमा निर्यातको वृद्धिदर उत्साहप्रद देखिएको छ । गत आवको पहिलो चार महिनामा नेपालले २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्या भएकामा अहिले २३।९० प्रतिशतले बढेर वस्तु ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
चार महिनामा कूल वैदेशिक व्यापारमा ९२।५ प्रतिशत आयातको हिस्सा रहँदा ७।५ प्रतिशत निर्यातको हिस्सा रहेको छ । गत आवमा आयातको हिस्सा ९४।०३ र निर्यातको हिस्सा मात्र ५।७ प्रतिशत रहेको थियो । यस वर्ष निर्यातको हिस्सा कूल वैदेशिक व्यापारमा ३०।६३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
आयात घटेपछि कूल वैदेशिक व्यापारसमेत ओरालो लागेको छ । तथ्यांकअनुसार चार महिनामा कूल ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको यसै अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । यस वर्ष ५।१६ प्रतिशतले वैदेशिक व्यापार घटेको तथ्यांकले देखाएको छ ।
आयात निरुत्साहित गर्ने उद्देश्यले सरकारले विभिन्न उपायहरु लगाएको छ । विलासिताको सामान आयातमा कडाई गरिएको छ । नेपालमै उत्पादन हुने कतिपय वस्तुको आयातमा लाग्ने भन्सार महसुल दर बढाइएको छ । त्यसले समग्र वैदेशिक व्यापारमा सकारात्मक प्रभाव देखिएको अर्थ मन्त्रालयको निश्कर्ष छ ।
विज्ञहरु भने वस्तु निर्यातमा ठूलो हिस्सा अहिले पनि प्रशोधित पाम तेलको रहेको र यो दीर्घकालीन निर्यातको माध्यम नहुने बताउँछन् । व्यापार विज्ञ डा। पोषराज पाण्डेको भनाइमा प्रशोधित पाम तेलको निर्यात नेपालका लागि ठूलो भए पनि भारतका लागि सानो भएकाले उसले खासै ध्यान दिएको छैन ।
‘जुन दिन भारतको चासो पर्छ, त्यसपछि निर्यातमा ठूलो धक्का लाग्न सक्छ,’ उनले भने, ‘अर्कोतर्फ, जनताको क्रयशक्तिमा आयको ह्रासले गाडी कम आयात भइरहेको हुन सक्छ ।’ श्रोत अनलाईन