
मोरङ । मोरङको उर्लाबारी नगरपालिका ५ झुम्राहा स्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको टिपरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी ४ वर्षकी राधिका कुमारी मण्डललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गर्नुका साथै टिपर र टिफर चालक मोरङको रतुवामाई नगरपालिका ५ बस्ने ३० वर्ष का आशिष कठेतलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
Views: 176

