
काठमाडौं । पौडीबाज गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जितेकी छन् ।

बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।

यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो ।

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

Views: 117

