
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक माथि प्रहरीले कुटपिट गरेको छ । १३औं सागको पुरुष फुटबलको फाइनल खेलका लागि टिकट खोज्दै आएका फुटबल समर्थकहरूलाइ प्रहरीले कुटपिट गरेको हो ।

कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो । यता प्रहरीले भने टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा अटेर गरे पछि ठेलठाल गरेर हटाइएको बताएको छ ।
Views: 148

