Aamsanchar

बोक्सो आरोपमा वडाध्यक्षलाई लगाए कालोमोसो र जुत्ताको माला

Author Image
मङ्गलवार, मंसिर २४, २०७६


बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट भएको छ । इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरेको हो । कुटपिट पछि उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाइएको थियो । उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र समेत खुवाउन प्रयास गरियो ।

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर