Aamsanchar

मकल बालेर सुतेका आमा र नाबालक छोराको मृत्यु

Author Image
सोमवार, मंसिर ३०, २०७६


काठमाडौंको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको हो । राति मकल बालेर सुतेका आमाछोरा बिहान बोलाउँदा नबोलेपछि शर्मिलाका श्रीमान नवराज रञ्जितकारले प्रहरीलाई खबर गरेका थिए ।

सुत्केरी आमा र नाबालक छोराको अक्सिजन अभावमा मृत्यु भएको प्रहरीले आशंका गरेको छ । यद्यपी यसबारे प्रहरीले अनुसन्धानमै गरिरहेको बताएको छ । मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली समेत पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर