Aamsanchar

कृष्णदास चौथो म्याद, अझै ७ दिन प्रहरी निगरानीमा

Author Image
सोमवार, मंसिर ३०, २०७६

सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरी अझै ७ दिन प्रहरी निगरानीमा रहने भएका छन् । बिराट नर्सिङ होममा डेरा जमाई बस्दै आएका कृष्णदास पछिल्लो पटक अदालतले ७ दिनको म्याद थपेसँगै पूनः प्रहरी निगरानीमै बस्ने भएका हुन् ।
अनुयायी बलात्कारको आरोप पछि बिरामी भएको भन्दै अस्पताल भर्ना भएका कृष्णबहादुर गिरी त्यसयता अस्पतालको भीआइपी क्याविनमै समय बिताउँदै आएका छन् । यसअघि सुनसरी जिल्ला अदालतबाट तीन पटकमा १४ दिन म्याद थप गरिएका कृष्णदास चौथो पटक ७ दिन म्याद थप भएसँगै फेरि अस्पतालमै पुगेका छन् । प्रहरीले उनलाई म्याद थप गरि बिराट नर्सिङ होममै फर्काएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक बिनोद शर्माले अदालतबाट ७ दिनको म्याद थप भएसँगै निगरानीमा रहने गरि उपचारकालागि कृष्णदासलाई अस्पतालमै पु¥याइएको छ ।

सुनसरी प्रहरीले सोमबार दिउँसो कृष्णदासलाई म्याद थप गर्न अदालत पु¥याएको थियो । अघिल्लो पटक दिइएको ३ दिने म्यादको क्रममा अस्पताल पु¥याइएका कृष्णदासलाई जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानका लागि म्याद थपेको हो ।
अदालतले यसअघि तीन पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । सोमबारबाट लागु हुने गरि थप भएको ७ दिनमा प्रहरीलाई कृष्णबहादुर गिरी उपर थप अनुसन्धान सहित उपस्थित गराउन भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले अदालतको आदेश बमोजिम तत्कालका लागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको बताएका छन् । यसअघि प्रहरीले ३ दिनको म्यादसँगै कृष्णदासको मुद्धा अदालत समक्ष बुझाइने बताएको थियो । सोही अनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाएपनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पूनः म्याद थपको माग सहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर