Aamsanchar

विमानस्थलमा तीन किलो कोकिनसहित एक को पक्राउ

Author Image
बुधवार, पौष २, २०७६


काठमाडौं । प्रहरीले ३ किलोग्राम लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् । उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर