Aamsanchar

टि स्टेटका म्यानेजरमाथि गोली प्रहार

Author Image
शुक्रवार, पौष ४, २०७६


सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट जोगिएका छन् । आफूमाथि असुरक्षा भएको भन्दै उनी अहिले स्थानीय प्रहरी चौकीमा शरण लिएर बसेका छन् ।

म्यानेजर राई सुतिरहेको अवस्थामा बुधबार राती १० बजेको समयमा टि स्टेट स्थित उनको क्वाटरको ढोका तोडफोड गरी हात छिराएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । क्वाटरमा सुतिरहेका राईले आफूलाई ताकेर गोली प्रहार गरिए पनि आफू लुकेर जोखिन सफल भएको बताए । गोली भने ढोका माथिको भागमा लागेको थियो ।

घटना लगत्तै स्थानीयवासी र प्रहरी पुगेर अध्ययन गर्दा कोठाभित्र गोलीका २ वटा खोका फेला परेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिले कालो कपडाले अनुहार छोपेकाले चिन्न नसकिएको राईले बताए । मुडे शनिश्चेर प्रहरी चौकीका इञ्चार्ज नरेन्द्र चौधरीले घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर