इटहरी । इटहरीबाट बनभोजको लागि मुलघाट हिडेको बसलाइ चलकले ठुलो दुर्घटना हुनबाट बचाएका छन् । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरुलाइ पिकनिक लिएर मुलघाट गएको बेबीलोन बोडिङ स्कुलको बस ब्रेक फेल भइ अनियन्त्रित भएको थियो । ब्रेक फेल भएको बसलाइ चलक द्धारिक विष्टले सवधानि पुर्वक भित्तामा हानेर यात्रु जोगाउन सफल भएका हुन् ।
चालक विष्टको कुसलताले नै करिब ४५ जना विद्यार्थीको ज्यान जोगिएको पिकनिकमा सहभागी हुन गएकाहरू बताउछन् । घाइतेको वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वेदान्त अस्पतालमा उपचार गराइ सबैलाइ सकुसल घर पठाइएको जनाइएको छ ।
दुर्घटनामा विद्यार्थीहरु सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा,सोहन मगर,पंकज मुखिया,निसा चौहान ,चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 128