चारपाने, पुष ७ । भारतको प्रशिद्ध कम्पनी सोमानीले आफ्नो उत्पादनलाई नेपालमा पनि विस्तार गरेको छ । कला डिजाईन बिर्तामोडको आयोजनामामा सोमबार बिर्तामोडमा आयोजना भएको पल्मवर्स मिट कार्यक्रम मार्फत सोमानीको उत्पाद पूर्वको लागि आधिकारिक बिक्रेताको रुपमा बिर्तामोड स्थित शनिस्चरे रोडमा रहेको कला डिजाईन रहेको नेपालका कन्ट्री मेनेजर आशुतोष बिष्टले जानकारी दिएका छन ।
विगत ४८ बर्ष देखि टायल्सको व्यापारलाई उपभोक्तामाझ पुर्याउदै आएको कम्पनीले विगत २० बर्ष देखि सेनटरीको सामान र ७ बर्ष देखि वाटर गिजर, धाराका सामान अन्तराष्ट्रिय स्तरको गुणस्तर लाई ध्यानमा राखी बजारमा ल्याएको कला डिजाईनका संचालक कुशल खतिवडाले बताएका छन ।
सेनटरी,टायल्सका क्षेत्रमा काम गर्दै आएका बिर्तामोडका २५ जना पल्मवर्सहरुलाई कम्पनीले उत्पादन गर्दै आएका समानको बारेमा जानकारी दिईएको थियो ।
८० प्रतिशत सामानको उत्पादन आफै गर्ने कम्पनीले आफ्नो अत्पादन आधुनिक डिजाई, उच्च स्तरको, १० बर्षसम्मको वारेण्टी, खिया नलाग्ने नकोरिने २ बर्ष भित्र कुनै खरावी आएमा फिटिङ खर्चपनि नलाग्ने गरी सामान फेरीदिने जस्ता सुविधा रहेको कम्पनीका प्रतिनिधी र कलाडिजाईनका अर्का संचालक चन्द्र खतिवडाले दावी गरेका छन ।
कार्यक्रममा युवा व्यवसायी अनिल तिम्सिना, महेश उप्रेती, नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष बिनोद पाण्डे लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको संचालन सोमानी कम्पनीका लागि प्रदेश नं.१ का टायल्य विभाग प्रमुख गजेन्द्र पौडेलले गरेका थिए ।