सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ गइरहेको एम्बुलेन्स ठोक्किएको थियो ।
बिहान सवा ८ बजे भएको सो दुर्घटनामामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो । जिल्ला अस्पताल पु¥याउनसाथ विष्टलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते ४ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 89