सिन्धुली : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रियभेला १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
यहि पुस ६ र ७ गते प्रदेश–३ को सिन्धुलीको खनियाखर्कमा भएको भेलाबाट ‘नेवा, ताम्सालिङ समावेशी सञ्चार घोषणा पत्र–२०७६’ जारी गर्दै सम्पन्न भएको हो। घोषणा पत्रमा समावेसी संचार नीति, पेशागत हक, न्यूनतम पारिश्रमिकको कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चिततालगायत विषय समेटिएका छन्।
भेलाले प्रदेश ३ को नामकरण ‘ताम्सालिङ–नेवा’ गरियोस् भनि माग गरेको छ । यस्तै, प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक’ मा प्रेस स्तन्त्रतामाथि कुनै प्रकारको संकुचन नआउनेगरी आवश्यक व्यवस्था गर्न माग गर्दै मिडिया काउन्सिललाई समावेशी चरित्रको बनाउनुनर्पे, सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक सबै सञ्चारमाध्यममा लागु गराउनुपर्ने घोषणापत्रमा उल्लेख छ।
समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गर्ने, धम्क्याउने, मानसिक तनाव दिने जस्ता गतिविधि तत्काल अन्त्य गर्दै पत्रकारको पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग माग गरिएको छ। यस्तै फोनिजले मातृभाषामा प्रकाशन र प्रशारण हुने सञ्चारमाध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तीकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गर्नुपर्ने र राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा स्थानीयदेखि संघ तहसम्मका ठूला तथा साना लगानीका सञ्चारमाध्यमलाई समेत उपलब्ध गराउने कानूनी व्यवस्था गर्न माग गरेको छ।
प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेल प्रमुख आतिथ्यमा भएको भेलमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, फोनिजका सल्लाहकार, सिन्धुलीका प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकका अध्यक्ष एवं प्रमुख र फोनिजका सातै प्रदेशका प्रतिनिधि सहभागि थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 133