अर्जुनधारा । झापाको कनकाई नगरपालिकामा भएको चौथो कनकाई कप फुटवल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ ।
मंगलवार भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकालाई ट्राई ब्रेकरमा हराउदै नगद १ लाख ११ हनार १ सय ११ रुपैँया राशी सहितको उपाधि अर्जुनधाराले हात पारेको हो ।
प्रतियोगितामा दोस्रो हुने बिर्तामोड नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ रुपैँयामै चित्त बुझायो । खेल अवधिभर गोल रहित बराबरी भएपछि भएको ट्राईब्रेकरमा समेत दुबै टिमको ४-४ को बरावरी भएपछि खेलको निर्णय सड्न डेढमा गरिएको थियो जसमा अर्जुनधारा ५-४ गोल अन्तरले बिजयी भएको हो ।
बिजयी तथा उपविजयी हुने दुबै टिमलाई प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना कनकाई नगरपालिकाकी उपाध्यक्ष मन्जु प्रसाई, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ लगायातले नगद र ट्रफी हस्तानतरण गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बिर्तामोडका टिम क्याप्टेन अंकुर तामाङ भए भने उनले नगद ४ हजार र फाइनल खेलको म्यान अफ द म्याच अर्जुनधाराका गोलकिपर संजय गुरुङ भए । उनले नगद २ हजार रुपैँया प्राप्त गरे ।