Aamsanchar

एसियाकै धनी अम्बानीले यस वर्ष १८ खर्ब रुपैयाँ सम्पत्तिमा थपे

Author Image
बुधवार, पौष ९, २०७६


रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर ( करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयमा यस वर्ष ४० प्रतिशत वृद्धि भएपछि उनलाई फाइदा भएको हो । अम्बानीसँग रिलायन्सको ४७ प्रतिशतभन्दा बढी शेयर छ ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अम्बानीको अहिलेको सम्पत्ति ६०.८ बिलियन डलर
(करिब ६९ खर्ब रुपैयाँ) छ । चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलबाबाका संस्थापक अध्यक्ष ज्याक माको सम्पत्तिमा यो वर्ष ११.३ बिलियन डलरको वृद्धि भएको छ । यससँगै उनको सम्पत्ति ४७ बिलियन डलर पुगेको छ ।

मुकेश अम्बानी गत वर्ष ज्याक मालाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर