Aamsanchar

हरिकूलले चुम्यो अन्तरमावि फुटबल उपाधि

Author Image
सोमवार, भदौ २०, २०७३

दुर्गापुर ।
कनकाई नगरपालिका–७ दुर्गापुर स्थित ब्राईट फ्युचर अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा स्व.दिपेन्द्र स्मृति अन्तर मा.वि.स्तरीय फूटबल प्रतियोगीता सम्पन्न भएको छ । कनकाई नगरपालिका–७ कालिमुढा निवासी हरिप्रसाद शिवाकोटी तथा गोमा शिवाकोटीको कान्छा छोरा दिपेन्द्र शिवाकोटीको २०६९ साल श्रावण ३ गते मोटरसाइकल दुर्घटनामा परि स्वर्गारोहण भएको थियो ।

ब्राईट फ्युचार अंग्रेजी मा.वि.मा खेलकुद शिक्षकको रुपमा कार्यरत स्व.दिपेन्द्रको स्मृतिमा विद्यालयले हरेक बर्ष विविध खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । प्रतियोगीताको अन्तिम फाइनल खेल भृकुटी उ.मा.वि. र हरिकुल उ.मा.वि.वीच प्रतिस्पर्धा भएकोमा निर्धारित समय भित्र दुवै तर्फ कुनै गोल नभए पछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा हरिकुल उ.मा.वि.ले ५–४ गोल अन्तरले भृकुटी उ.मा.वि.लाई हराउादै उपाधि चुम्न सफल भएको हो ।

भृकुटी उ.मा.वि.को खेल मैदानमा गत भाद्र १० गतेदेखि संचालन भएको यस प्रतियोगीतामा १६ वटा विद्यालयहरुले सहभागि जनाएका थिए । विजयी टिमलाई नगद रु.८०००।– शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उप विजेता टिमलाई नगद रु.६०००।– शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट खेलाडी भृकुटी उ.मा.वि.का राजकुमार गौतम र सर्वाधिक गोलकर्ता ब्राइट फ्युचर अंग्रेजी मा.वि.का बचन बराललाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

साथै खेल अवधि भर अम्पायरको भूमिका निर्वाह गर्ने दिपक कार्की, लाइन्समेनमा सहयोग गर्ने समीर बराल र झलक राई र रेकर्ड किपरको भूमिका निर्वाह गर्ने रुपक कार्कीलाई समेत पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो । स्व.दिपेन्द्र शिवाकोटीको बुबा हरिप्रसाद शिवकोटीको अध्यक्षतामा सम्पन्न उक्त पुरस्कार वितरण समारोहमा झापा क्षेत्र नं.४ का सभासद प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा भृकुटी उ.मा.वि.का सह प्राचार्य कमलचन्द्र डाागी, जनकल्याण समाजका अध्यक्ष लिलाबहादुर कन्दङवा, जयश्री कृषि सहकारी संस्थाका व्यवस्थापक जीवन श्रेष्ठ, ई भिलेज केन्द्रका प्रबन्धक अमृत योङहाङ, नागरिक वडामन्च क.न.पा.१ का संयोजक तारा प्रसाद खनाल, समाजसेवी चन्द्रमान कन्दङवा, समाजसेवी सुन्दरा ल्वागुन, भृकुटी उ.मा.वि.का खेल शिक्षक कुमार प्रसाद खरेल लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयका प्रोप्राइटर राजेन्द्र पोखरेलले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल खड्गबहादुर कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने शिक्षक मनोज कुमार थापाले कार्यक्रम संचालन गर्नु भएको जन कल्याण समाजद्वारा सञ्चालित ई–भिलेज केन्दका प्रवन्धक अमृत योङहाङले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 475

प्रतिक्रिया (०)

सम्बन्धित खबर