अख्थियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा आयोगले कार्कीलाई मंगलबार कार्यलयबाटै नियन्त्रणमा लिएको हो ।
कार्कीलाई सेवाग्राहीबाट लिएको घुस रकम ८ हजार ५ सयसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । नियन्त्रणमा लिइएका कार्कीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 131