Aamsanchar

पर्चा–पम्लेट टाँस्ने पक्राउ,होडिङ बोर्ड हटाईदै

Author Image
शुक्रवार, पौष ११, २०७६

काठमान्डौं महानगरपालिकाले पोष्टर–पम्प्लेट टाँस्नेहरुलाई शुक्रबारदेखि पक्राउ गर्न सुरु गरेको छ। शुक्रबारमात्रै १० जना पक्राउ परेका छन् ।

महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको नगर प्रहरी महानगरको प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

उनका अनुसार सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले पाँच–पाँच हजार जरिमाना तिराएको छ । शुक्रबार पक्राउ परेकाहरुबाट ५८ हजार रुपैयाँ जरिवाना लिइएको उनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो ।

शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएको छ ।

जथाभावी सहरलाई फोहोर बनाउने गरी टासिएका पर्चा र राखिएका बिज्ञापनका बोर्डहरु देशका हरेक सहरबाट हटाउने हो भने शुन्दर नेपालको अभियान साकार पार्न टेवा पुग्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर