Aamsanchar

पेस्तोल बोकेर चन्दा असुल, विप्लपका तीन कार्यकता पक्राउ

Author Image
सोमवार, पौष १४, २०७६


विराटनगर । पेस्तोल बोकेर चन्दा असुली गर्दै हिडडुल गर्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित तीन जना कार्यकताहरूलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विप्लप समूह मोरङका इन्चार्ज सुन्दर हरैचा नगरपालिका –१० का ५० वर्षिय नरेश भनिने कृष्ण चौलागाई, विप्लप समूहको मोरङ संञ्चार विभाग प्रमुख विराटनगर ८ मा ३० वर्षिय छितिज पौडेल र पथरीशनिश्चरे नपा ३ का सिद्धार्थ टोलका ५६ वर्षिय विप्लपका जिल्ला सदस्य चिरिञ्जिव धिताललाई पक्राउ गरेको हो ।

उनीहरुले बेलबारी नगरपालिका – ५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर केराबारीमा लुकाई राखेको १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरु मध्ये चौलागाइ र पौडेललाई शुक्रबार मोरङको बेलबारी नपा ५ कसेनीबाट पक्राउ गरिएको हो । धिताललाई प्रहरीले आइतबार पथरीबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई आइतबार मात्र हतियारसहित सार्वजानिक गरेको छ । विप्लव समूहका कार्यकर्ताहरू हातहतियार सहित चन्दा असुल गरी हिडेको सूचना आएपछि उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । ‘यो समूहले मोरङमा व्यापक चन्दाको आतंक सृजना गरिएको अनुसन्धाबाट देखिएको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीले भने, ‘हतियारसहित चन्दा असुली गरेको विशेष सूचना आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार मोरङ अदालतमा हातहतियार तथा खरखना मुद्दामा पाँच दिनको म्यात थप गरि अनुसन्धान अगाडी बढाएको छ । उनीहरुलाई मोरङ प्रहरीको हिरासतमा राखिएको छ ।

पक्राउ परेका विप्लप समूहका इन्चार्ज चौलागाइले गत भदौ २१ गते ईटहरी उपमहानगरपालिका –९ स्थित गोदावरी स्कुलको कम्पाउँटमा बम बिष्फोट गराएको आरोपमा इप्रका इटहरीले अनुसन्धान गर्दै आएको बताइएको छ । यस्तै गत भदौ २३ गते झापा विर्तामोङ नगरपालिका २ चारपाने चोक स्थित सहारा नेपाल सहकारी संस्थामा बम बिष्फोटमा संलग्न भएको प्रहरीको आरोप छ ।

उनीमाथि ईप्रका अनारमनी विर्तामोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि पनि प्रहरीले विप्लपमा मेची–कोसी इन्चार्ज उमा भूजेललाई पनि पक्राउ परेको छ । मोरङ र सुनसरीबाट खटिएको प्रहरीको टोलीले भूजेलललाई सुनसरीको चकरघट्टीबाट पक्राउ गरेको हो ।

विप्लव समुहका चारजना नेताले शुक्रबारमात्र आत्मसमर्पण गरेका थिए । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामीमगरले आत्मसमर्पण गरेका हुन् । सरकारले विप्लप समूहलाई प्रतिबन्ध लगाएसँग पछिल्लो समय धमाधम पक्राउ गर्दै आएको छ । प्रहरीले विप्लप समूहलाई पक्राउ गरिन मोरङ प्रहरीले सर्च अभियान नै सुरु गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर