Aamsanchar

नोबेल साहित्य पुरस्कार विजेता नाइपालको निधन

Author Image
आइतवार, साउन २७, २०७५

काठमाण्डौं ।

नोबेल साहित्य पुरस्कार विजेता प्रसिद्ध लेखक भीएस नाइपालको निधन भएको छ।

शनिबार लन्डनस्थित आफ्नै घरमा ८५ वर्षीय नाइपालको निधन भएको हो। नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मूलका नाइपालले अक्सफोर्ड विश्वविद्यालयमा पढेका थिए।

तीसभन्दा बढी पुस्तक लेखेका नाइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ चर्चित छन्। सन् १९७१ मा बुकर पुरस्कार प्राप्त गरेका नाइपालले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए।

पहिलो श्रीमतीको सन् १९६६ मा निधन भएपछि उनले पाकिस्तानी पत्रकार नदिरासँग दोस्रो विवाह गरेका थिए। विद्यार्थी कालमा डिप्रेसनका बिरामी भएका उनले आत्महत्याको प्रयाससमेत गरेको थाहाखबरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)