इथियोपियाको एक जेलमा आगलागी हुँदा २३ जना कैदीको ज्यान गएको छ । सरकार बिरोधी प्रदर्शनकारी राखिएको जेलमा आगलागी भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
२१ जनाको आगलागीका कारण जेल भित्रै निसास्सिएर तथा दुई जनाको भाग्ने क्रममा ज्यान गएको इथियोपिया सरकारले जारी गरेको वक्तव्यमा उल्लेख छ । तर केही स्थानीय सञ्चार माध्यमले भने जेलका सुरक्षाकर्मीले गोली हानी कैदीको हत्या गरेको बताएका छन् । ज्यान गुमाउने कैदीको परिचय खुलाइएको छैन । राजधानी एडिस अबाबाको बाहिरी क्षेत्रमा रहेको जेलमा आगलागी भएको सरकारी अधिकारीले बताएका छन् । जेलबाट गोली चलेको आवाज पनि सुनिएको स्थानीय सञ्चार माध्यमको भनाई छ । इथियोपियमा पछिल्लो केही महिनादेखि सरकार विरोधी प्रदशर्न हुँदै आएको छ ।