झापा ।

झापाको गौरादह नगरपालिकाको वडा नं। ७ वडा कार्यालयगेट नजिकै बिस्फोटक पदार्थ बिस्फोट गराएको जनाईएको छ ।

जुरोपानीको ग्वालडुब्बामा रहेको वडा कार्यालय अगाडि मोटरसाइकलमा आएका दुइजनाले बिस्फोटक पदार्थ जस्तो सामाग्रि फ्यालेपछि आवाज सहित पड्केको स्थानीयले बताएकाछन् ।

बिहान साढे ७ बजेतिर घटना भएको र बिस्फोटक पदार्थ भएपनि बम नभएको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौड्यालले बताए । तर्साउने उदेश्यले पटका पटकाएको हुनसक्ने जनाईएको छ ।

बिस्फोटक पदार्थ बिस्फोट भएपछि स्थानीयहरु भयभित भएकाछन् । आज बिप्लवले नेतृत्व गरेको नेकपाले बन्दको आह्वान गरेको थियो ।
Views: 199

