Aamsanchar

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस

Author Image
मङ्गलवार, साउन २९, २०७५

काठमाडौंँ। 

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर