Aamsanchar

मेस्सीको छोरालाई फुटबल मन पर्दैन

Author Image
मङ्गलवार, भदौ २१, २०७३

झापा । 

Leo_Thiago_Messi

स्टार स्ट्राइकर लियानल मेस्सीका छोरालाई फुटबल मन पर्दैन । मेस्सी ब्रमाण्डकै उत्कृष्ट फुटबर भएपनि उनका तीन वर्षका छोरा थिएगो मेस्सीलाई भने फुटबल मन मर्दैन ।

मेस्सीले एक अन्तर्वाताको क्रममा छोरा थिएगोले फुटबलमा चासो नदिने गरेको बताएका हुन् । धेरैले मेस्सी र रोनाल्डोका छोरा अबको १५ वर्षपद्धि फिफा बालोन डी’ओरमा बस्ने सहभागी हुने बताउने गरेका छन् ।

तर मेस्सीले भने आफ्ना छोरालाई फुटबल मन नपर्ने कुरा सार्वजनिक गरेका हुन् । मेस्सीले भने ‘म यो स्तरमा रहेपनि उसलाई फुटबल त्यति मन नपर्ने गरेको मैले महशुस गरिहेको छु । मैले उसलाई फुटबल किन्न वा त्यसप्रति चासो दिन बाध्य पार्ने गरेको पनि छैन ।’ स्रोत : फक्स स्पोर्टस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर