केही महिना देखि शुरु भएको चर्चित कमेडियन रियालिटि सो कमेडी च्याम्पियनमा इटहरीका सुमन कोइरालाले उत्कृष्ट प्रस्तुति दिदैँ धमका मच्चाएका छन् ।

मंगलबार बेलुका जग्गा दलालिको रुपमा पुर्ण कथामा डुबेर प्रस्तुती दिएका सुमनले अहिले सम्मको टप रियालिटि सो रहेको जर्ज मध्येका एक मनोज गजुरेलले उक्त सो मा बताएका छन् ।

गजुरेलले आफुँले लेखेको जोक्सशास्त्र समेत सुमनलाई दिएका हुन् । उक्त रियालिटि सो मा ४ जना जर्जले उठेर कोइरालाको प्रशंसा समेत गरेका थिए ।

भोटको कमिले टप १० बाट बाहिरिएका सुमन फेरी वाइल्ड कार्ड दाबेदारीका लागि प्रतिस्पर्धामा होमिएका हुन् । यो सगैँ सुमन अब टप ७ भित्र परेका छन् ।

सुमनको जन्मथलो भोजपुर हो भने अहिले उनी इटहरी बस्दै आएका छन् ।
यो भिडियोमा सुमनको अन्तिममा प्रस्तुती रहेको छ । ।
Views: 379

