Aamsanchar

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप

Author Image
सोमवार, माघ १३, २०७६

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समुहबीच झडप भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए ।

त्यसलगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको विद्यार्थी नेता मनिष सिंखडाले बताए । विद्यार्थी नेता कमल पन्त र लक्ष्मी बोगटी घाइते भएका छन् । देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेका बताईएको छ । दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।

 

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर