Aamsanchar

अब नेता–कार्यकर्ताको सम्पत्ति छानविन हुने

Author Image
शनिवार, माघ १८, २०७६

काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय बैठकमा नेता कार्यकताको सम्पत्ति छानविनबारे उठेको मागप्रति असन्तुष्टि जनाएका छन् ।

शनिबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपाका केन्द्रीय सदस्य समेत रहेको बास्कोटाले भने, ‘सम्पत्ति छानविन गर्नुपर्ने तहमा कुुनै पनि नेताले अकुत सम्पत्ति कमाएका छैनन् । प्रश्न यो पनि उठेको छ । नेताहरु व्यापारी कार्यमा संलग्न हुनुहुँदैन । यसो भए कति रु जुन पार्टीले ७–८ लाख कार्यकर्ता आफ्नो सदस्य बनाएको छ । सबैले काम गरेनन् भने उत्पादन संघर्ष त खतम हुन्छ ।’

सम्पत्ति छानविनको कुरामा गम्भीर आशंका भए वा अभियोग लागेको अवस्थामा मात्र गरिने कुरा व्यवहारिक हुने उनको तर्क छ । ‘त्यो व्यक्तिगत रुपमा हुन्छ । आम रुपमा किन गर्ने रु,’ बास्कोटाले गरे ।
उनले नेता–कार्यकर्ताको सम्पत्ति छानविन हुनुपर्ने भनि बैठकमा उठेको आवाजलाई भावनात्मक आवेशको संज्ञा दिए ।

‘केही व्यवाहारिक कुरा पनि छन् । केही भावनात्मक कुरा पनि छन् । शिक्षा र स्वास्थ जस्तो विषयमा नेताहरु संलग्न हुनुहुन्न भनिएको छ । यो भन्दा अगाडि चलाउँदै आएको एक नेतालाई निकालेर हल हुन्छ रुवा नयाँ नीति लिनुपर्छ रु,’ बासकोटाले भने, ‘विकल्पसहित नीतिबाट विस्थापित गरेर नयाँ ठाउँमा जाँदा राम्रो हुन्छ । होइन भने फलानाले यो विजनेस गर्यो उसलाई निकाल्यो भने शिक्षा क्षेत्र सुर्धिन्छ वा स्वास्थ क्षेत्र सुर्धिन्छ भन्ने तहको कुरा गरेर हुँदैन ।’

सर्वहारा चेत र दृष्टिकोणको कुरा मात्र भएको भन्दै कोही पनि नेता सर्वहारा नभएको उनले दाबी गरे । ‘कोही पनि नेता सर्वहारा छ भन्ने मलाई लाग्दैन । सबैको घर छ, कतिपयको गाडी र खेतिपाती पनि होला,’ उनले भने ।
यस्तै नेकपा बैठक एमसीसीको बहस गर्मिरहेका बेला बास्कोटाले भने छलफल गर्न जरुरी नभएको बताए । उनले भने, ‘एमसीसीको कुराहरुमा बहस गर्नुको जरुरत छैन । त्यसैले ५ वर्षको योजना लिने हो, मजाले चलाउने हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर