Aamsanchar

वाग्मती प्रदेश सरकारले साझा यातायातलाई पैसा नदिने

Author Image
बिहिवार, माघ २३, २०७६

 

वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी “विद्युतीय बस” सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको रु तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारले सो यातायातलाई रु ३० करोड रकम दिने प्रतिबद्धता जनाएपनि हालसम्म उपलब्ध नगराइसकेको बताइएको छ । सो रकमबाट विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

उनले भने, “रकम साझालाई नदिने भनिए पनि निर्णय भइसकेको छैन, निर्णय भएपछि प्रदेश सरकारले आवश्यक तयारी गर्नेछ ।” प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ ।

यसका लागि आवश्यक छलफल भइरहेको उनले बताए । साझालाई विद्युतीय बस खरिदका लागि रु ३० करोड दिने सम्झौता गत असार १६ भएको थियो । प्रदेश सरकारसँगै सोही दिन बस खरिदकै लागि काठमाडौँ महानगरपालिकाले रु १० करोड र ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाख बराबरको शेयर खरिद गर्ने सम्झौता गरेका थिए ।

यी दुवै महानगरपालिकाले साझामार्फत नै बस खरिद गरी बस सञ्चालन गर्ने कि रकम फिर्ता लिने भनी निर्णय गरिसकेको छैनन् । विभिन्न स्थानीय तहले साझाको शेयर रकम खरिद गरेर विगतदेखि नै बस सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर