Aamsanchar

कब्जियतका कारण पिडित हुनुहुन्छ ? पिंडाबाट मुक्तहुन यसो गर्नुहोस्

Author Image
बिहिवार, माघ २३, २०७६

जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ ।

> कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

> राति दुईवटा रोटी, सागसब्जी, सुप तथा सलाद खानुपर्छ ।

>पेटभरी तथा अपच हुने गरी खानुहुँदैन ।

>नियमित रूपमा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

> रक्सी, चुरोट, खैनी, पान, जर्दा आदि सेवन गर्नुहुँदैन ।

> चिल्लो, पिरो, मसालेदार, जंकफुड, फास्टफुड खाने बानी कम गर्नुपर्छ ।

> राति छिटै सुत्ने र बिहान उठ्नासाथ ३–४ गिलास मनतातो पानी पिउनुपर्छ ।

> दिनहुँ आधा घन्टादेखि एक घन्टा नियमित व्यायाम गर्नुपर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर