Aamsanchar

विश्वकप क्रिकेट लिगमा अमेरिकालाई नोपालले हरायो

Author Image
शनिवार, माघ २५, २०७६

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो जित निकालेको छ। शनिबार त्रिवी मैदानमा भएको खेलमा नेपालले अमेरिका सामु ३५ रनको जित निकालेको हो।

पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै १९० रन बनाएको थियो। नेपालका लागि करण केसीले चार विकेट लिए भने सुशन भारी तीन विकेट लिए। सन्दीप लामिछाने दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिए। व्याटिङ तर्फ कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै बाहिरिए । पारस खड्का १९ रनमा आउट भए भने आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए। अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए । उनले तीन छक्का र चार चौकासमेत प्रहार गर्दै एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्।

यस्तै विनोद भण्डारीले ५९ रन बनाए। उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने। करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाएका थिए। अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले २र२ विकेट लिए। करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले १र१ विकेट लिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर