काठमाडौं : कोरोना भाइरस कोभिड १९० को आशंकामा एक व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। ज्वरो आएको भन्दै अस्पताल पुगेका उनलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा अनुप बाँस्तोलाले जानकारी दिए।
कोरोना परीक्षणका लागि उनको नमुना पठाइएको छ। रिपोर्ट आएपछि मात्र कोरोना भाइरसको संक्रमण भए नभएको थाहा हुने उनले बताए। अहिलेसम्म कोरोनाको आशंकामा ३४ जनाले उपचार गराएका छन्। जसमध्ये एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 358