Aamsanchar

रेशुको रहर…..

Author Image
बिहिवार, भदौ २३, २०७३

reshu kharelझापा बिर्तामोड– १ की रेसु खरेल (सेढाईं) कोरियोग्राफर बन्न चाहन्छिन् । मोडलिङ र कला क्षेत्रमा उनको उत्तिकै रुची छ । उमेरले २० टेकेकी रेसु कलाकारिताबाट राष्ट्रियस्तरको पहिचान बनाउने लक्ष्यका साथ अग्रसर छिन् । फेसन डिजाइनर पनि बन्ने रहर रहेको रेसुले सुनाइन् । यी रहरहरु मध्ये कोरियोग्राफीका माध्यमबाट चिनिन चाहिन्छन् उनी । त्यसका लागि काठमाडौंमा गएर सम्बन्धित विषयमा अध्ययन गरी लक्ष्य हासिल गर्ने योजना रहेको उनले बताइन् ।
‘अवसर पाए चलचित्रमा समेत अभिनय गर्नेछु’– उनले भनिन् । भर्खरै सम्पन्न रेडियो विराट र नारी फिटनेस सेन्टरद्वारा आयोजित मिसेस झापाकी थर्ड रनरअप हुन् उनी । प्रतियोगितामा उनले बेष्ट ग्ल्यामरस अवार्ड समेत जितेकी छिन् । मोडलिङमा झापा ज्यामिरगढीका भुवन राउत र कलाकारमा प्रियंका कार्की तथा नम्रता श्रेष्ठबाट प्रेरित छिन् उनी ।
कनकाई क्याम्पस बिर्तामोडमा अध्ययनरत उनले बिर्तामोडकै बुद्ध स्मृतिबाट प्रथम श्रेणीमा एसएलसी गरेकी हुन् । सुरुङ्गामा जन्मिएकी रेसु प्रेमकुमार खरेल, निर्मला (स्वर्गीय) र मुना खरेलकी सुपुत्री हुन् । उनका दाजु रोशन र भाई रोहन छन् । रोशन पनि गायनमा रुची राख्छन् । उनी साढे तीन वर्षको हुादा माता निर्मलाको क्यान्सरका कारण निधन भएपनि पिताले उनको शिक्षा–दिक्षामा कुनै कमी हुन दिएनन् ।
सानैदेखि कला क्षेत्रमा नयाा काम गर्ने रुची रहेका कारण आफूले यही क्षेत्र रोजेको रेसु बताउाछिन् । उनले भनिन्– ‘मिस नेपालको कोरियोग्राफर भएर चिनिने रहर जागेको छ ।’ कोरियोग्राफी नेपालमा व्यवसायिक बनिसकेको र यस क्षेत्रमा लागेर मज्जाले बााच्न सकिने उनको ठहर छ । युवा उमेरमा गलत संगत र विविध कारणले कुलतमा फसेकाहरुलाई उनी यो अमूल्य समय र जीवनको महत्व बुझ्न आग्रह गर्छिन् ।

resu
‘हामीले पाएको यो जीवन, उमेर र समय फेरि फर्केर आउादैन त्यसैले यसको भरपुर सदुपयोग गरेर देशको लागि केही योगदान गर्नुपर्छ’ – रेसुले भनिन्– ‘देशको लागि योगदान गर्ने सोचका साथ अघि बढेर काम गर्ने हो भने मुलुकको पनि उन्नती हुन्छ र हामी आफू पनि सबै माझ चिनिने छौं ।’ रेसुका मनपर्ने नायिका प्रियंका, नम्रता हुन् भने नायक आयुष्मान जोशी हुन् । मोडलमा भने मनिला जोशी । उनलाई मुस्ताङ र मनाङ खुबै मन पर्छ रे ।
मिस पूर्व आइकनकी फष्ट रनरअप रिया खरेल उनकी औधी मिल्ने साथी हुन् । उनीसागै कनकाई कलेज पढ्ने निसु विमली र लीला चाहर रेसुको अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर दिने हो भने उनीभित्र धेरै सम्भावना रहेको बताउाछन् । उनका पिता प्रेमकुमार निसु र लीलाको कुरामा थप्दै भन्छन्– ‘रेसुले अवसर पाइन् भने कलाकारिता क्षेत्रमा स्थापित हुन सक्छिन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर