Aamsanchar

अत्यावश्यक औषधि रोक्दैनौं : भारत

Author Image
आइतवार, फागुन २५, २०७६

काठमाडौं– भारत सरकारले केही दिन अगाडि  २६ वटा अत्यावश्यक औषधि र कच्चा पदार्थमा लगाएको निकासीको प्रतिबन्धले नेपाललाई असर नगर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भारतीय वाणिज्य मन्त्रालयसँग यो विषयमा छलफल भएको समेत जनाएको छ। छलफलको क्रममा उनीहरुले  नेपाललाई आवश्यक पर्ने कुनै पनि औषधि निकासीमा प्रतिबन्ध नलगाउने प्रतिबद्धता जनाएको मन्त्री लेखराज भट्टले जनाकारी दिए।

मन्त्रालयमाा भएको पत्रकार सम्मेलनामा मन्त्री भट्टले भारतीय पक्षमा नेपाललाई आवश्यक पर्ने कुनै पनि औषधि प्रतिबन्ध नलगाउने प्रतिबद्धता आएको बताएका हुन।

नेपाली उत्पादकले पनि नेपालमा तत्कालै औषधि अभाव नहुने बताएका छन्। नेपाली उत्पादकले अझै तीन महिनासम्म पुग्ने औषधि र कच्चा पदार्थ मौज्दात रहेकाले डराउनु पर्ने अवस्था नरहेको बताएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर