Aamsanchar

चुम्बन गर्दा सर्न सक्ने रोगहरु

Author Image
आइतवार, फागुन २५, २०७६

चुम्बन मायाको पर्यावाचीको रुपमा पनि लिने गरिन्छ। विशेषगरी जोडीको प्रेमको पहिलो निशानीको रुपमा यसलाई लिइन्छ।

युवायुवती बीचको सम्बन्ध प्रगाढ बनाउन चुम्बनले भूमिका खेल्छ। यसले मानसिक स्थिरता अनि शारिरीक सामिप्यता बढाउँछ।

तर चुम्बनका बेफाइदा पनि छन्। चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको खतरा रहन्छ।

संक्रमण सर्ने खतरा  चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ। शारिरीक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ।

रुघाखोकी: रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ। रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन नगर्नु नै बेस हुन्छ।

फोका वा ठेउला उठ्ने : ठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।

खटिरा: यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या : ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चुम्बनको माध्यमबाट सर्न सक्छ।

गिजासम्बन्धी रोग :   गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ।

एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर