Aamsanchar

अवैध घरेलु मदिरा सेवनको कारण ९ जनाको ज्यान गयो

Author Image
शुक्रवार, फागुन ३०, २०७६

जनकपुर । अवैध मदिरा सेवनले धनुषामा मृत्यु हुनेको संख्या करिब दर्जन पुगेको छ । धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अवैध घरेलु मदिराको सेवनले मर्नेहरुको संख्या ९ पुगेको छ भने २ जना सिकिस्त छन् ।

होली पर्वको अवसरमा अवैध मदिरा सेवन गर्नेहरु मध्ये शुक्रबारसम्म ९ जनाको मृत्यु भइसकेको र सिकिस्त २ जना उपचाररत अवस्थामा रहेको धनुषा प्रहरीले जनाएको छ ।

होली पर्वका दिन मदिरा सेवन गरेका वडा नम्बर २ बस्ने राजु महरा, रामनारायण महरा, गुदरी महरा, विलास मण्डल, ब्रम्हदेव यादवको मृत्यु भएको थियो । अशक्त रहेका वडा नम्बर १ बस्ने इन्द्रजीत महराको उपचारको क्रममा शुक्रवार मृत्यु भएको जिप्रका धनुषाले जनाएको छ ।

सिकिस्त रहेका सत्रुधन मण्डल र रामइश्वर महराको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनापछि प्रहरीले गाउँमा अवैध मदिरा भट्टी सञ्चालक रामनन्दन साह र नाम नखुलेका एकजना महिलालाई पक्राउ गरी अनुसन्धान प्रक्रियाअघि बढाएको छ । स्थानीयका अनुसार सो गाउँमा साहलगायत शम्भु कलाल, तरपट्यिा भनिने महिलाको अवैध घरेलु मदिरा भट्टी संचालनमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)

सम्बन्धित खबर