Aamsanchar

कालो बजारी गर्ने ८ जना पक्राउ, ७८ हजार मास्क बरामत

Author Image
शनिवार, चैत १, २०७६

काठमाडौं ।  कोरोना भाईरसको त्रास बढीरहेको वेला एकाएक मास्क  अभाव भएर सर्वसाधारण चिन्तित बनीरहेको अवस्था संगै  दुःख र त्रासको मौकाछोपी कमाउ धन्दा गर्ने योजना बनाई  चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् ।

डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी -९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन् ।

उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्ने  एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बढी मूल्यमा मास्क बेच्न खोजेको पनइए तत्काल खबर गर्न पनि सार्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर