काठमाडौं : काभ्रेको पनौती आसपासको क्षेत्रमा मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि उक्त ठाउँ सोमबार तनावग्रस्त भएको थियो ।
सोमबार बा ५ख ५४८० नम्बरको टिपरले २६ वर्षकी जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीलाई ठक्कर दिएको थियो । ठक्करपछि दुबैजनाको घटनास्थलमै मृत्यु भएको थियो । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसके पनि मृत्तकका परिवार तथा आफन्तजनले टिपर चालक माथि कारवारीको माग गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागी गोलीनै चलाउनु परेको थियो । सोहि झडपमा परि प्रहरीसहित केहि स्थानीय घाइते पनि भएका छन् ।
सोमबारको माहौलले गर्दानै आज पनौतीमा अनिश्चितकालीन कर्फ्यू घोषणा गरिएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 182