Aamsanchar

काठमाडौंमा एक जनामा देखापर्यो कोरोना

Author Image
सोमवार, चैत १०, २०७६

नेपालमा कोरोना भित्रिएको छैन भनी रहदा  कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।

फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर