विराटनगर : कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ ।भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
कोरोना त्रास फैलिएपछि सोमबार महानगरले छलफल आयोजना गरेको थियो । सर्वपक्षिय छलफलमा लक डाउन गर्ने सुझाव आएको थियो । सोमबार नै बसेको महानगरको कार्यपालिकाले लक डाउन गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए । कोरोना त्रासका कारण नगरकै स्थानीयको सक्रियतामा लक डाउन गरिने पराजुलीले बताए ।‘लकडाउन’ गर्दा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंकतथा वितिय संस्था सहितका अत्यावश्यस सेवा बाहेक अन्य सेवा बन्द हुनेछन् ।