Aamsanchar

टेकु र पाटनको आइसोलेसन वार्डको बेड भरियो

Author Image
मङ्गलवार, चैत ११, २०७६

काठमाडौं : नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन्।

दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ। टेकु अस्पतालमा रहेका पाँचवटा आइसोलेसन वार्ड र अरु सातवटा बेडमा बिरामी भरिएपछि नयाँ बिरामी भर्ना गरेर उपचार गराउन समस्या भएको छ। ‘दुवै अस्पतालका बेड भरिएका छन्।

नयाँ बिरामीको संख्या बढेका बढ्यै छ’, टेकु अस्पतालका एक चिकित्सकले भने, ‘नयाँ बिरामी राख्ने ठाउँ नभएर दुईजना बिरामीले उपचार पाएका छैनन्। एकजनाको अवस्था गम्भीर छ। तत्काल आइसोलेसनमा राख्नुपर्ने हुन्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर