काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । यसअघि स्वास्थ्यकर्मी तथा संस्थाहरुले स्वास्थ्य उपकरण अभावमा विरामीको उपचार गर्न नसकिएको जनाउँदै आएका थिए ।
त्यस्तै मन्त्री ढकालले पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जबाट दैनिक रुपमा कोरोना आशंकितहरुको नमुना संकलन गर्ने व्यवस्था गरेको जनाएका छन् ।
त्यसका लागि हवाइजहाजको व्यवस्था मिलाएको सरकारले जनाएको छ । त्यस्तै सरकारले आजबाट धरानको विपी कोइराला अस्पतालमा कोरोना परीक्षणका लागि ल्याव सञ्चालनमा ल्याएको र त्यस्तो ल्याव सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको समेत जनाए ।