Aamsanchar

विश्व सहकारी समान्य ज्ञान सार्वजनिक

Author Image
शनिवार, भदौ २५, २०७३

yekraj giri 2
[एकराज गिरी]

‘गन्तव्यमा पुग्नु छ भने आधा बाटोबाट कहिल्यै नफर्कनु किनकी फर्कने आधाबाटो पार गर्न पनि त्यति नै समय खर्चनुपर्छ’ भन्ने भनाइबाट प्रभावित छन् झापाका परिचित सहकारी अभियन्ता गोविन्दविक्रम गिरी । १८ वर्षदेखि सहकारी अभियानमा सक्रिय छन् उनी । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट प्रवेश गरेका उनलाई शुरुमा सहकारीबारे केही थाहा थिएन । तर, यो अवधिमा उनी सहकारीका विज्ञ कहलिएका छन् । सहकारीबारे आफ्नो अनुभव, नीति र मार्गदर्शन ज्ञान बााड्नमा रमाएका छन् उनी । आफ्नो अनुभव र ज्ञानलाई सागालर उनले एकसाथ धेरै अभियन्तामाझ पुग्ने जमर्को गरेका छन् । ‘विश्व सहकारी सामान्य ज्ञान’ पुस्तक मार्फत । गोविन्दविक्रमको यो पुस्तक हालै भद्रपुरमा ॐनम शिवाय सहकारीको साधारणसभामा सार्वजनिक भयो । उनी उक्त सहकारीको संरक्षक हुन् ।

Biswa sahakari  samanya gyan
रंगीन कभरसहित १४४ पृष्ठको विश्व सहकारी सामान्य ज्ञानले सहकारी जान्न, बुझ्न चाहने जो कोहीलाई पर्याप्त खुराक दिएको छ । पुस्तकको प्रकाशक उनकै छोरा प्रमिश गिरी हुन् । लेखकीय खण्डवाहेक पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा अन्तर्राष्ट्रिय सहकारी चिनाइएको छ । आधुनिक सहकारीका जन्मदाता बेलायतमा रोवर्ट ओवेनदेखि विश्वमा लेखाको शुरुवात सन् १४९४ बाट भएकोसम्म जानकारी उक्त खण्डमा समेटिएको छ । यस खण्डमा सहकारी बारेका ५१६ प्रश्नोत्तर छन् । दोस्रो खण्डमा नेपालको पहिलो सहकारी बैंक– ‘भू–बन्धकी’ देखि सामाजिक आर्थिक विकासको मेरुदण्ड सहकारी अभियानलाई मानिनेसम्मका ५३२ सहकारी सम्बन्धी प्रश्नोत्तर छन् । यो खण्डमा पूर्णत नेपालको राष्ट्रिय सहकारीबारे जानकारी समेटिएको छ । खण्ड एक र दुईमा प्रश्नोत्तरशैलीमा सहकारीबारे १०४८ वटा विषय मिलाइएको छ । तेस्रो खण्डमा ऐन नियम र मापदण्डका आधारमा तयार पारिएका मुख्य प्रावधान छन् ।
यसमा सहकारी संस्था दर्ता गर्ने विधि, वार्षिक साधारणसभा, विशेष साधारणसभा, विनियम संशोधन गर्ने तरिका, धितो लिलाम गर्ने कार्यविधि, उम्मेदवारी बर्खास्त, निर्वाचित समितिलाई सपथ ग्रहण गराउने विधि समेत समेटिएको छ । सहकारी ज्ञानका सम्बन्धमा विविध गतिविधिलाई समेटेर विश्व सहकारी सामान्य ज्ञान प्रकाशन गरेकोमा डिभिजन सहकारी कार्यालय झापाका अधिकृत दुर्गाप्रसाद न्यौपानेले खुशी व्यक्त गरेका छन् । गोविन्दविक्रमको मेहनतको प्रशंसा गर्दै उनले भने– ‘यस पुस्तकले सहकारीसाग चासो राख्ने जोसुकैलाई पनि सहयोग पुग्नेछ । खासगरी सामान्य ज्ञानको क्षेत्रमा रुची भएकाहरुलाई पुस्तक फलदायी देखिन्छ ।’
पुस्तकका लेखक गोविन्द विक्रमले पनि सहकारी सञ्चालकहरु, कर्मचारी तथा शेयर सदस्यलाई सहकारीको बारेमा जान्न बुझ्न र संस्थामा हुने हाजिरी जवाफ प्रतियोगितामा भाग लिन सजिलो होस् भनेर पुस्तक प्रकाशन गरेको बताएका छन् । उनी १८ वर्षअघि नेपाल बहुउद्देश्यीय सहकारीमार्फत सहकारीको क्षेत्रमा प्रवेश गरेका हुन् । ‘शुरुमा सहकारीबारे मलाई केही थाहा थिएन, जिम्मेवारी थपिंदै गयो, झन् चुनौति लाग्यो’– गोविन्द विक्रमले भने– ‘त्यसपछि मैले कि सहकारी छोड्नुपर्छ कि अध्ययन गर्नुपर्छ भन्ने दुई बाटोमध्ये एक बाटोमा पुग्ने निष्कर्ष लिएा र मेहनतका साथ अघि बढेर अहिलेको अवस्थामा आइपुगें ।’
उनी सेवा निवृत्त शिक्षक हुन् । जनता उच्च मावि खुदुनाबारीमा २९ वर्षसम्म सेवा गरे उनले । सामाजिक क्षेत्रमा समेत क्रियाशील गिरी ॐनम शिवाय कृषि सहकारी संस्था झापाका अध्यक्ष समेत हुन् । विभिन्न संघ–संस्थामा रहेर समाजसेवामा समेत क्रियाशील छन् गिरी । उनी नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष, नेपाल भारत मैत्री संघका आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य र आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको आजीवन सदस्यसमेत रहेका छन् । हाल बिर्तामोड– ६ निवासी उनको जन्म इलामको जितपुर–८ पारीगाउामा २०१५ सालमा पिता ललिमान र माता दिलमाया (स्वर्गीय)–को पुत्रको रुपमा भएको थियो ।
सहकारीका कुशल प्रशिक्षकको रुपमा समेत उनी परिचित छन् । सहकारीबारे घण्टौंसम्म बहस गर्ने र नजानेकालाई सिकाउने काममा उनी व्यस्त हुन्छन् । सायद यही क्रममा उनले गरेको अध्ययन र अनुभवलाई पुस्तकमा संगालेको पाइन्छ ।
पुस्तकको नामले नै पुस्तकको समग्र खुराक बोलेको छ । विश्व सहकारी सामान्य ज्ञान सहकारी, बैंकिङ, क्षेत्रमात्र होइन जो कोहीलाई पनि आवश्यक हुन्छ । सहकारीबारे बुझ्न, इतिहास जान्न र संस्था चलाउन पुस्तक महत्वपूर्ण मार्गदर्शक बन्नेमा शंका छैन । प्रश्नोत्तरी शैलीमा सहकारीलाई प्रस्तुत गरिएकाले पठनीय छ । गोविन्दविक्रमले अत्यन्त मेहनतका साथ पाठकमाझ पुर्‍याएको पुस्तक सहकारी क्षेत्रका लागि अत्यावश्यक सामग्री बन्न सक्छ । उमेरले तीन कोरी पुग्न लागेका गिरीको मेहनत, जोश, जाागर र लेखकीय क्षमता, खोज कला प्रशंसनीय छ । गिरीको यो उर्जा अझ बढेर जाओस्, अरुका लागि उनको काम अनुकरणीय बनोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 692

प्रतिक्रिया (०)